शुक्रबार बाँकेका ३३८ जना निको भए, २०६ संक्रमित थपिए
  • काँचुली खबर

फाइल फोटो
शुक्रवार बाँकेका ३३८ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २०६ जनामा कोरोना संक्रमण देखिएको छ भने, १० जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ५८७ नमुना मध्ये, ३४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, २०६ जना बाँकेका हुन भने १३६ जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ३०४ नमुनामा २०८, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ९७ नमुनामा ३८ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १८६ नमुनामा ९६ गरी जम्मा ३४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका २०६ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ३०० पुगेको छ ।
आज बाँकेका थप ३३८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १४ हजार २४ पुगेको छ । जिल्लामा अब २ हजार ७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप १० जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्लामा कुल मृत्यु हुनेको संख्या २६९ पुगेको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १८:४८ प्रकाशित
  • Nabintech