सरकारले माग गरेको ६ सय ६० जना भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।
भन्सार विभागले चैत १६ गते भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेर निवेदन संकलन पनि गरिसकेको छ ।
तर कोरोना महामारीका कारण परीक्षा स्थगित भएको भन्सार विभागले सूचना जारी गरेर जानकारी दिएको हो ।
परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको विभागले जनाएको छ ।
विभागले परीक्षा हुनु भन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ ।
७ जेष्ठ २०७८, शुक्रबार १०:३५ प्रकाशित