बिहीवार बाँकेका ४७५ जना निको भए, १८८ संक्रमित थपिए
  • काँचुली खबर

बिहीवार बाँकेका ४७५ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । १८८ जनामा कोरोना संक्रमण देखिएको छ भने, ६ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका ९२७ नमुना मध्ये, ५२८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, १८८ जना बाँकेका हुन भने ३४० जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ७८० नमुनामा ४६१ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १४७ नमुनामा ६७ गरी जम्मा ५२८ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका १८८ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९४ पुगेको छ ।
आज बाँकेका थप ४७५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १३ हजार ६८६ पुगेको छ । जिल्लामा अब २ हजार १४९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप ६ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्लामा कुल मृत्यु हुनेको संख्या २५९ पुगेको छ । आजै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका थप ६ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १७:२७ प्रकाशित
  • Nabintech