लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले भुलभुले गाउँमा केही घर भत्किँदा केही मानिस घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी छिन् । घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको उनले बताए ।
लमजुङको भुलभुले केन्द्र रहेर आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए ।
भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन् । केही स्थानमा सुख्खा पहिरो पनि गएको छ ।
५ जेष्ठ २०७८, बुधबार ०८:०१ प्रकाशित