पि.वि.टि. वइस्ट इण्डष्ट्रिजद्धारा महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

कोहलपुर नगरपालिका वडा नं. ९ स्थित पिपरीमा कार्यालय रहेको पि.बि.टि. वइस्ट प्रा.लि.ले महासंघलाई १ हजार थान सर्जिकल माक्स उपलब्ध गराएको हो । कोरोना भाईरसको महाविपदमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै प्रा.लि. का संचालक कँडेलले आफुहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

महासंघका अलावा मंगलबार नै प्रा.लि.ले नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरलाई २ हजार थान सर्जिकल माक्स र ४० थान एन-९५ मास्क, इलाका प्रहरी कार्यालय कोहलपुरलाई २ सय ५० थान सर्जिकल माक्स र २० थान एन-९५ मास्क, पीपरीस्थित कृषि तालिम केन्द्रको आईसोलेसन केन्द्रलाई एन-९५ मास्क २ सय ६० थान र पाँच लिटर सेनिटाइजर तथा कोहललपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्थाई अस्पताललाई २ सय ६० थान एन-९५ मास्क र पाँच लिटर सेनिटाईजर उपलब्ध गराईएको कँडेलले जानकारी दिए ।

  • ५ जेष्ठ २०७८, बुधबार ०८:५६ प्रकाशित
  • Nabintech