फाइल फोटो
प्युठानमा मंगलबार २४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन भने, थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका अनुसार, मंगलबार जिल्लाका विभिन्न स्थानका थप १७ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या २ हजार २०७ पुगेको छ ।
त्यसैगरी आजै कोरोना मुक्त भइ डिस्चार्ज भएका २४ जना समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५६० पुगेको छ । अब जिल्लामा ६ सय १२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
कोरोना संक्रमणका कारण आज एक व्यक्तिले ज्यान गुमाएका छन । योसँगै जिल्लामा हालसम्म ३५ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
४ जेष्ठ २०७८, मंगलवार २०:३९ प्रकाशित