अब मास्क नलगाउने व्यक्तिलाई प्रहरीले जरिवाना गर्न नपाउने
  • काँचुली खबर

सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै मास्क नलगाउनेलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न भनेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । आदेशमा मास्क नलगाउनेसँग जरिवाना लिने र उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको जनाइएको छ । मास्क नलगाई हिँडेमा प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।
आदेशमा भनिएको छ, ‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’ ।
हेर्नुहोस् सर्वोच्च अदालतको आदेश:

  • ४ जेष्ठ २०७८, मंगलवार २०:१० प्रकाशित
  • Nabintech