बाँकेमा २०६ संक्रमित थपिंदा २०३ ‘डिस्चार्ज’
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ ।

मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २ सय ३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार १०९ महिला र ९४ पुरुष सहित २०३ जना डिस्चार्ज भएका हुन ।

यसैबिच बाँकेका ३ वटा ल्यावमा गरिएको कोरोना परिक्षणमा थप २ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १ हजार १५ जनाको पिसिआर परिक्षण गरीएकोमा २ सय ६ जनामा मात्र संक्रमण देखिएको हो ।

  • ४ जेष्ठ २०७८, मंगलवार १६:४८ प्रकाशित
  • Nabintech