‘अक्सिजन ट्याङ्क ठडियो तर अक्सिजन छैन’
  • काँचुली खबर

कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको हो ।

अस्पतालले ट्याङ्क खरिद गरेर ल्याएको दुई साता पछि अर्थात सोमबार अपरान्ह मात्र ट्याङ्क जडान गरेको हो । अक्सिजन ट्याङ्क जडान गरिए पनि भारतबाट लिक्विड अक्सिजन भने आइनपुगेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डार गरिने २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको बताए । यसले हाल खरिद भइरहेको सिलिण्डरको तुलनामा कम मूल्यमा ग्याँस उपलब्ध हुनुका साथै सहज रुपमा आपूर्ति हुने उनले दाबी गरे ।

भारतबाट लिक्विड अक्सिजन कहिले आउँछ भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

  • ३ जेष्ठ २०७८, सोमबार १८:०३ प्रकाशित
  • Nabintech