कोहलपुरमा २७ करोडमा बसपार्क निर्माण हुँदै
  • काँचुली खबर

कोरोना महामारीका बिच बाँकेको कोहलपुरमा २७ करोड ८८ लाख रुपौयाँ लागत बराबरको बसपार्क निर्माण कार्य सुरु गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चौराहदेखी पुर्वतर्फको खाली जग्गामा लामो दुरीको बसपार्क निर्माण गर्न लागेको हो ।

५ विगा १६ कठ्ठामा निमार्ण हुन लागेको बसपार्कको सोमबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले शिलान्यास गरेका छन । यसअघि कोहलपुरमा छोटो दुरीको बसपार्क निर्माण सम्पन्न भईसकेको छ ।

खड्का-दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले आगामी २ वर्षको अवधिमा निर्मँण सम्पन्न गर्ने गरी बसपार्क निर्माणको जिम्मा पाएको छ । कोहलपुर नगरपालिका र खड्का दया-सगुन निर्माण सेवा कन्स्ट्रक्सनबिच गत चैत्र २६ गते २७ करोड ८८ लाख लागतमा लामोदुरीको बसपार्क निर्माणकालागि सम्झौता भएको नगरपालिकाका मेयर रावतले जानकारी दिए । मेयर रावतका अनुसार बसपार्क निर्माणकालागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम बिनियोजन गरिएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार १७:१३ प्रकाशित
  • Nabintech