पछिल्लो २४ घण्टामा बाँकेमा ७५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका दुई वटा ल्यावमा गरीएको परिक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेका कोरोना फोलक पसृन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिषण अस्पताल कोहलपुरको ल्यावमा ३८ र वागेश्वरी डाईन्नोष्टिकको ल्यावमा ३७ जना गरी ७५ जनामा संक्रमण देखिएको हो । पहिलो एक हप्ताको अन्तरालमा बाँकेको हकमा यो सबैभन्दा कम संक्रमणदर हो । यसैबिच बाँकेकै दुई प्रयोगशालामा भएको परिक्षणमा बाहिरी जिल्लाका ७४ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको ओलीले बताए ।
ओलीका अनुसार सोमबार बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बसेका ३६५ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमित भई उपचारकालागि भर्ना भएका १९० महिला र १७५ पुरुषलाई कोरोनामुक्त भएपछि डिस्चार्ज गरीएको ओलीले बताए । योसँग बाँकेबाट डिस्चार्ज हुनेको सँख्या १२ हजार ४८५ पुगेको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा बाँकेमा कोरोनाबाट थप १३ जनाले ज्यान गुमाएका छन । ज्यान गुमानेमा ३ जना बाँके भित्रैका छन भने बाँकी १० जना अन्य जिल्लाका संक्रमित रहेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।
३ जेष्ठ २०७८, सोमबार १६:१९ प्रकाशित