प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरे आफूलाई ‘श्रद्धाञ्जली’ दिनेलाई कारवाहीको माग
  • काँचुली खबर

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूविरुद्ध हदैसम्मको निकृष्ट काम भएको भन्दै आपत्ति जनाएका छन् ।
कोरोना संक्रमित भएर आइसोलेशनमा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट व्यक्तिहरूले आफूलाई जोडेर अफवाह फैलाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जलि’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य झनै छर्लङ्ग भएको छ,’ प्रेस सल्लाहकार थापाले आज सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले यस्ता अपराधपूर्ण कार्य गर्ने गिरोहलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न पनि चुनौती दिएका छन् ।
थापाले साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न पनि आग्रह गरेका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार ०८:२२ प्रकाशित
  • Nabintech