डक्टरसहित संक्रमित भेट्दै ‘माओवादीे केन्द्र’
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र कोहलपुरले कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । आईतबार माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा कोहलपुर वडा नं. १ मा घरदैलो अभियान संचालन गरीएको छ । कोरोनाबाट संक्रमित भएका तथा कोरोनाको उच्च जोखिममा रहेका नगरवासीलाई भेट्ने र उनिहरुको समस्या समाधान गर्ने उद्धेश्यले अभियान संचालन गरीएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।

आईतबारबाट सुरु भएको अभियान अन्तर्गत पहिलो दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक डा. देवेन्द्र आचार्यले कोरोना संक्रमणका कारण घरमै बसीरहेका वडावासीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन । त्यसक्रममा डा. आचार्यले बिरामीको स्वास्थ्य अवस्था चेकजाँच गर्नुका साथै आवश्यक परामर्श समेत दिएको नेकपा माओवादीका युवा नेता न्यौपानेले जानकारी दिए । उनले कोहलपुर नगरपालिका भित्र कोभिडका कारण कसैलाई समस्या भएमा आफुहरु चिकित्सक सहितको सेवा दिन तयार रहेको बताए ।

  • २ जेष्ठ २०७८, आईतवार १९:३७ प्रकाशित
  • Nabintech