मेडिकल कलेज कोहलपुरमा ‘३० रुपैयाँमै खाना’
  • काँचुली खबर

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा सहुलियत दरमा खाना खुवाउन शुरु गरीएको छ । नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियत दरमा खाना खुवाउन शुरु गरेको हो ।

कोभिड-१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउन शुरु गरिएको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । हरेक दिन विहान र बेलुका ३० रुपैयाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ ।

खाना खुवाउन एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट ४ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको छ । सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले बताए । खाँका अनुसार सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपको मुख्य सहयोग रहेको छ भने अन्य बाँकेका उद्योगीहरुले पनि सहयोग गरेका छन् ।

अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र बैजनाथ कमिटीले ब्यवस्थापन गरिरहेका छन् ।

शनिबार भएको सुभारम्भमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार संविधानसभा सदस्य दलबहादुर सुनार, नेपालगञ्जका मेयरडा। धवलशम्शेर राणा, कोहलपुरका मेयर लुटवहादुर रावत, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, युवा संघका महासचिव दिपक जिएम, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाछेड लगायतको सहभागिता थियो ।

  • १ जेष्ठ २०७८, शनिबार १४:३३ प्रकाशित
  • Nabintech