बैशाख महिनामा मात्रै बाँकेका १६७ संक्रमितको मृत्यु
  • काँचुली खबर

बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढेसँगै मृत्यु दर पनि ह्वात्तै बढेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार बैशाख महिनाभर बाँके जिल्लाका १६७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

एक महिनाको उक्त समय अबधिमा बाँकेका १० हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ४ हजार ६१० महिला र ५ हजार ५०४ महिला रहेका छन । त्यसैगरी, बैशाख महिनामा २ हजार ९२५ महिला र ३ हजार ५४५ पुरुष गरी कुल ६ हजार ४७० जना कोरोना मुक्त भएका छन ।

उक्त अवधीमा बाँकेमा १०१ महिला र १४१ पुरुष गरी २४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ७३ महिला र ९४ पुरुष गरी १६७ जना बाँकेका हुन भने, बाँकी अन्य जिल्लाबाट उपचार गराउन बाँकेमा आई मृत्यु भएकाहरु हुन ।

जिल्लामा बैशाखको अन्तिम दिनसम्म १ हजार ६९८ महिला र १ हजार ९७७ पुरुष गरी कुल ३ हजार ६७५ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • १ जेष्ठ २०७८, शनिबार ११:२६ प्रकाशित
  • Nabintech