एमालेमा नयाँ सहमति, कार्यदल गठन
  • काँचुली खबर

नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।

त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को बैठक चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए ।

वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए ।

झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ । बैठक अघि अध्यक्ष ओलीले आफूपक्षीय नेतासँग सिंहदरबारमा छुट्टै छलफल गरेका थिए ।

  • ३१ बैशाख २०७८, शुक्रबार २१:४८ प्रकाशित
  • Nabintech