कोरोना महामारीका बिच बेटर बाँकेले सामाजिक कार्यमा सक्रियता देखाएको छ । कोरोनाको चपेटामा परेका बाँकेवासीको सुविधाकालागि बेटर बाँकेले अक्सिजन सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
अस्ट्रेलियामा अध्ययनरत अर्नुन रेग्मी र विकास अधिकारीको आर्थिक सहयोगमा कोहलपुर नगरपालिकासँगको समन्वयमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार जिल्लाभित्रका कोरोना संक्रमित बिरामीहरुको सुविधाकोलागि निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराईने छ ।
आगामी दिनमा औषधि तथा अक्सिजन सहितका थप स्वास्थ्य सेवाहरु समेत संचालनमा ल्याउने गरी बिभिन्न निकायसँग समन्वय भईरहेको देवकोटाले बताए ।
३० बैशाख २०७८, बिहीबार १७:५९ प्रकाशित