बिहिबार बाँकेमा २ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ । जिल्लाका दुई वटा ल्यावमा ४०५ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका १ सय २९ र जिल्ला बाहिरका १ सय ६ गरी जम्मा २३५ जनामा कोरोना संक्रमण देखिएको हो । जसअन्तर्गत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका ८१ र जिल्ला बाहिरका १९ जना तथा वागेश्वरी डाईग्नोष्टिक ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ४८ र जिल्ला बाहिरका ८७ जनामा कोरोना संक्रमण देखिएको हो । बिहिबार भेरी अस्पतालको ल्यावमा भएको परिक्षणको रिपोर्ट भने सार्वजनिक गरीएको छैन ।
यसैबिच पछिल्लो २४ घण्टामा बाँकेका ९ र बाहिरी जिल्लाका ५ जनाको कोरोना उपचारकै क्रममा मृत्यु भएको छ ।
३० बैशाख २०७८, बिहीबार १७:०५ प्रकाशित