१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाबाट थप १० संक्रमितको मृत्यु
  • काँचुली खबर

कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ९ जनाले ज्यान गुमाएका छन । बुधबार बेलुका ४ बजेदेखी बिहिबार बिहान ८ बजेको अवधिमा भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप १० जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मृत्यु हुनेमा बाँकेका ६ जना र बर्दिया तथा दाङका २/२ जना रहेका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज- १ बाँकेकी ४३ वर्षिया महिला, बैजनाथ-६ बाँकेका ६४ वर्षिय पुरुष, डुडुवा-३ बाँकेकी ५० वर्षिया महिला, नरैनापुर-५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज-१२ बाँकेकी ७५ वर्षिया महिलाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन । त्यसैगरि राजापुर-६ बर्दियाकी ५६ वर्षिया महिला, गुलरिया-८ बर्दियाकी ३२ वर्षिया महिला, तुलसिपुर-६ दाङका ४३ वर्षिय पुरुष, तुलसिपुर-५ दाङकी ३५ वर्षिया महिला र नेपालगन्ज उपमहानगरपालिका १२ बाँकेकी २९ वर्षिया महिलाको मृत्यु भएको ओलीले बताए ।

ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १२ बाँकेकी २९ वर्षियाको बिहान ८ बजे भेरी अस्पताल पुर्याएलगत्तै मृत्यु भएको थियो । अन्य संक्रमितहरुको भने उपचारकै क्रममा मृत्यु भएको ओलीले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँके जिल्लाका २१४ जना र बाँकेमा उपचारका लागि आएका मध्य १६३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार १०:१९ प्रकाशित
  • Nabintech