४ बैशाख २०८१, मंगलवार
नेपालगंज मुस्लिम समाजद्वारा राहत वितरण
  • काँचुली खबर

नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ । काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी, १ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र १ प्याकेट सोयाबीन सहयोग स्वरूप बाँडिएकाे समाजले जनाएकाे छ ।
पहिलो चरणमा नेपालगंजका २०० परिवारलाई खाद्यान्न वितरण गरिने नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना ) ले जानकारी दिए ।

  • २९ बैशाख २०७८, बुधबार १७:०९ प्रकाशित
  • Nabintech