१६ चैत्र २०८०, शुक्रबार
नयाँ सरकारकालागि गण्डकीमा बहुमत पुगेको दावी
  • काँचुली खबर

गण्डकी प्रदेशमा विपक्षी दलहरुले वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

६० सदस्यीय प्रदेश सभामा सभामा नेकपा (एमाले)का पक्षमा अहिलेसम्म स्वतन्त्र १ गरी २८ सांसद छन् । विपक्षी गठबन्धनतिर नेपाली कांग्रेसका १५, माओवादी केन्द्रमा ११, जनर्मोचाका तीन र जसपाका २ गरी ३१ सांसद छन् ।

जनमोर्चा सांसद कृष्ण थापाले भने आफूले हस्ताक्षर नगरेको बताएका छन् । ‘मैले त केही गर्‍या छैन । यता गाउँ आएर साथीभाइ भेट्दैछु,’ उनले भने, ‘मेरो हस्ताक्षर कसले गरिदिएछ । म त यता छु ।’

राजमोले संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दल पुगेका छन् ।

दलका नेता थापाले प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैरकानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागी तटस्थ रहेको समेत जानकारी गराएका छन् ।

  • २९ बैशाख २०७८, बुधबार १६:४० प्रकाशित
  • Nabintech