११ बैशाख २०८१, मंगलवार
आजदेखी ‘कोहलपुर ग्यालरी फोटो प्रतियोगिता’
  • काँचुली खबर

बाँकेको कोहलपुरबाट संचालित फेसबुक ग्रुप कोहलपुर ग्यालरीको फोटो प्रतियोगिता आजदेखी सुरु हुँदैछ । ग्रुपमा समावेश सदस्यहरुलाई लक्षित गरी ग्यालरीले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा भाग लिन चाहने ब्यक्तिले ग्यालरीमा आफ्नो एकल फोटो पोष्ट गर्नुपर्ने छ । उक्त फोटोमा आएको लाईक कमेन्ट र शेयरका आधारमा सबैभन्दा बढि भोट पाउने प्रतियोगिलाई विजयी घोषणा गरीने कोहलपुर ग्यालरीका संचालक सरोज राज शाहीले जानकारी दिए ।

जेठ ५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा सहभागी हुन चाहने ब्यक्तिले बैशाख ३१ गतेभित्र आफ्नो तस्बिर कोहलपुर ग्यालरीको म्यासेन्जरमा पठाउनुपर्ने छ । Buzzy Bee lounge & bar ले प्रायोजन गरेको उक्त प्रतियोगिताका विजयी तथा सहभागीलाई उचित पुरस्कारको समेत ब्यवस्था रहेको शाहीले बताए । प्रतियोगिताबारे थप जानकारी कोहलपुर ग्यालरीको पेजमा गएर हेर्न सकिने छ ।

www.facebook.com/kohalpurGallery

  • २९ बैशाख २०७८, बुधबार ११:४८ प्रकाशित
  • Nabintech