१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
  • काँचुली खबर

कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ११ जनाले ज्यान गुमाएका छन । मंगलबार राती ८ बजेदेखी बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप ११ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मृत्यु हुनेहरुमा गुलरीया नगरपालिका-९ बर्दियाका ४७ वर्षिया महिला, बनगाड कुपिण्डे-६ सल्यानका ५० वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१६ बाँकेका ४९ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका-५ बाँकेका ४४ वर्षिय पुरुष, मधुबन नगरपालिका-६ बर्दियाका ५५ वर्षिय पुरुष र बढैयाताल गाँउपालिका बर्दियाका ६५ वर्षिय पुरुष रहेका छन । उनिहरु सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको थियो ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोडाघोडि नगरपालिका-१ कैलालीका ६० वर्षिय पुरुष, कोहलपुर नगरपालिका-२ बाँकेका ३० वर्षिया महिला, कोहलपुर नगरपालिका-१० बाँकेका ४५ वर्षिया महिला, कोहलपुर गरपालिका-११ बाँकेका ४१ वर्षिय पुरुष र कोहलपुर नगरपालिका-१४ बाँकेका ६४ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

  • २९ बैशाख २०७८, बुधबार ११:१९ प्रकाशित
  • Nabintech