८ बैशाख २०८१, शनिबार
बाँकेमा मंगलबारसम्म ३५० संक्रमितको मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमण भाईरस (कोभिड-१९) बाट हालसम्मकै उच्च सँख्यामा ज्यान गएको छ । मंगलबार एकैदिन बाँकेका बिभिन्न अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ र बाहिरी जिल्लाका ११ गरी कुल १८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका २ महिला र ५ पुरुष तथा बाहिरी जिल्लाका ३ पुरुष र ८ जना महिला रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना भाईरसको महामारीका कारण पछिल्लो एक महिनाको अन्तरालमा सबैभन्दा बढिले ज्यान गुमाएका छन ।

  • २९ बैशाख २०७८, बुधबार ०९:०२ प्रकाशित
  • Nabintech