१२ बैशाख २०८१, बुधबार
चीनबाट आइपुग्यो ४ सय थान अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामाग्री
  • काँचुली खबर

अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गरेको छ ।
वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौंमा आइपुगेको हो ।

  • २८ बैशाख २०७८, मंगलवार १७:३३ प्रकाशित
  • Nabintech