१२ बैशाख २०८१, बुधबार
युवा संघ बाँकेद्धारा नि:शुल्क एम्बुलेन्स सेवा सुरु
  • काँचुली खबर

युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिकालागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागी संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् ।

एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले जानकारी दिए ।

यसअघि युवा संघ नेपाल बाँके र युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले संयुक्त रुपमा कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन, स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आईरहेको थियो ।

कोरोना संक्रमितको लागि संचालनमा ल्याइएको एम्बुलेन्स सेवाकालागि बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।

प्रवीण बि.सी. (नेपालगन्ज उपमहानगरपालिका) : ९८५८०२५४८५

बिकास काउचा (खजुरा गाउँपालिका) : ९८५८०३०४०४

केशव शर्मा (जानकी गाउँपालिका) : ९८६६७१३७५०

प्रेम बिष्ट (बैजनाथ गाउँपालिका) : ९८४८२३४८०६

दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका) : ९८५८०४१३६५

गुरु बचन यादव (नरैनापुर गाउँपालिका) : ९८६४९५७६०२

सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका) : ९८५८०८०२४०

कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका) : ९८६४९४५२८३

  • २८ बैशाख २०७८, मंगलवार १६:०० प्रकाशित
  • Nabintech