१४ बैशाख २०८१, शुक्रबार
अस्पतालबाट डिस्चार्ज भएकै राती मृत्यु
  • काँचुली खबर

बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर-४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरेको थियो ।

  • २८ बैशाख २०७८, मंगलवार १४:४९ प्रकाशित
  • Nabintech