नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् ।
परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले एक बिज्ञप्ती मार्फत जानकारी दिएका छन । पुरीका अनुसार सिंहको स्वास्थ्य सुधारोन्मुख छ । ‘दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको छ,’ बिज्ञप्तीमा जनाइएको छ ।

२८ बैशाख २०७८, मंगलवार ११:४२ प्रकाशित