कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबारबाट शुरू भएको प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अस्वीकृत भएको थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट विश्वासको मत लिनका लागि बैठक आह्वान भएको थियो ।
सभामुख अग्नि सापकोटाले भने वैशाख ३० गते बैठक बोलाएका छन् ।
२७ बैशाख २०७८, सोमबार १९:२५ प्रकाशित