जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताए ।
‘संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनस्थापना गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?,’ यादवले भने ।
प्रधानमन्त्री ओली संघीयता र समानुपातिकररसमावेशिता विरोधी भएको उनले बताए । ‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नु हुन्छ ?,’ यादवले भने ।
यादवले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए । नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाए ।
२७ बैशाख २०७८, सोमबार १६:४३ प्रकाशित