सोमबार बाँकेमा अत्याधिक सँख्यामा कोरोना संक्रमति थपिएका थिए । जिल्लाका तिन वटा ल्यावमा ११०३ जनाको स्वाव परिक्षण गरिएकोमा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका ५ सय ७१ र जिल्ला बाहिरका २ सय ७१ गरी जम्मा ८४३ जनामा कोरोना संक्रमण देखिएको हो । जसअन्तर्गत भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २०१ र जिल्ला बाहिरका १५२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २७५ र जिलला बाहिरका ५५ जना तथा वागेश्वरी डाईग्नोष्टिक ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ९५ र जिल्ला बाहिरका ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा बाँकेका ५ र बाहिरी जिल्लाका २ जनाको कोरोना उपचारकै क्रममा मृत्यु भएको छ ।
२७ बैशाख २०७८, सोमबार १६:३४ प्रकाशित