कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडा सदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६ निवासी ४९ वर्षका उनको केहीबेर अघि भेरी अस्पतालमा मृत्यु भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा उपचार गराईरहेका वडा सदस्य कसेराको उपचारकै क्रममा आईतबार मृत्यु भएको हो । सुगर र प्रेसरको समस्याबाट ग्रसित कसेरालाई पछिल्लो समय कोरोना संक्रमण देखिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
२६ बैशाख २०७८, आईतवार १४:५६ प्रकाशित