बाँकेमा उपचाररत कोरोना भाईरस संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा ५ र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा ३ गरी ८ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा भेरीमा उपचार गराईरहेका बढैयाताल-१ बर्दियाका ३० वर्षिया महिला, बढैयाताल-२ बर्दियाका ६५ वर्षिया महिला, दंगिशरण-५ दाङ्गका ८५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका-१५ का ७३ वर्षिय पुरुष, नेपालगन्ज-२ का ५३ वर्षिया महिला रहेका छन ।
त्यसैगरी नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका लम्कीचुहा नगरपालिका-१ कैलालीका ४३ वर्षीय पुरुष, तुलसीपुर-६ दाङ्गका ४९ वर्षिय पुरुष र नेपालगन्ज-११ का ४३ वर्षिय पुरुषको समेत कोरोनाको उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका १३६ र जिल्लाका १८० जनाले ज्यान गुमाएका छन ।
२६ बैशाख २०७८, आईतवार ०९:५१ प्रकाशित