४ बैशाख २०८१, मंगलवार
“तिम्रो तृष्णा” ल्याउँदै पारु
  • काँचुली खबर

सुन्दरी गायिका पारु राई नयाँ म्युजिक भिडियोसहित लामो समयपछि दर्शक श्रोतामाँझ फेरि आउदै छिन् । युके कर्मथलो भएकी पांचथरकी पारुले सुनसरीको इटहरीमा रहदाँ साँगीतिक क्षेत्रमा आफ्नो छाप छाडेकी थिईन । “प्यास” नामक गिती एल्बम रिलिज गरिसकेकी पारुले सो एल्बमबाट २ वटा म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।
“तिम्रो तृष्णा” बोलको सोलो गीत लिएर दर्शक सामु आएकी पारुले बेलायतको सुन्दर दृश्यहरु कैद गरेर यसपटक नयाँ म्युजिक भिडियो रिलिज गर्दैछिन् । गीतको शब्द गायीका स्वंयमले लेखेकी हुन भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । गायक बिकाश लिम्बु र पारु राईले गाएका गीत कर्णप्रिय छन ।
युकेमा कुशल श्रेष्ठ र नेपालमा सुरज तामांगले निर्देशन गरेको म्युजिक भिडियोमा मण्डल थेबे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुको अभिनय रहेको छ ।
गायिका पारुले यसअघि पनि आफ्नो गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले भविष्यमा थप गीत र भिडियोहरु सार्वजनीक गर्ने युकेबाट जानकारी दिएकी छिन ।

  • २६ बैशाख २०७८, आईतवार ०८:०७ प्रकाशित
  • Nabintech