१४ बैशाख २०८१, शुक्रबार
छविलाल खड्काका ‘पाँच साइनो’ !
  • काँचुली खबर

१)
वैज्ञानिकको फुर्ती
देखियो आज चौतर्फी
कोरोनासामू लज्जावती !
२)
कोरोनाको त्राहिमाम्
केन्द्रमा सत्ता र शक्ति
देश र जनता भाँडमा !
३)
के गर्ने हो त्यो धन ?
कात्रोमा गोजी हुँदैन
महामारीमा कमिसन !
४)
माफियाको चङ्गुल
सरकारी समर्पण
खोपभित्रको राजनीति !
५)
देशको हविगत
लासै लासको डङ्गुर
फोहरी खेलको जुहारी !
 
छविलाल खड्का
(कोहलपुर)

  • २५ बैशाख २०७८, शनिबार २०:५४ प्रकाशित
  • Nabintech