नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
रौनियारले महासंघलाई २५ प्याकेट सर्जिकल मास्क र ५० पिस सेनिटाइजर हस्तान्तरण गरेका हुन । महासंघ बाँकेले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री संकलन गरी केही दिनमै वितरण गर्दै छ ।
महासंघ बाँकेका अध्यक्ष भण्डारीले बाँकेका पत्रकारहरुलाई आइपर्ने समस्या समाधानका लागि महासंघ सधै अग्रसर रहेको बताएका छन् । उनले समस्या परेका पत्रकारले जानकारी दिने बित्तिकै समाधानको पहल गरिने जनाए । अध्यक्ष भण्डारीले महामारीमा महासंघ बाँके सबै पत्रकारको साथमा रहेको बताएका छन् ।
२५ बैशाख २०७८, शनिबार २०:१७ प्रकाशित