७ बैशाख २०८१, शुक्रबार
एक सय वर्षको माछा, वजन १०८ किलो
  • काँचुली खबर

अमेरिकाको डेट्रोइट नदीमा १ सय वर्ष उमेरको माछा समातिएको छ । उक्त माछाको तौल १०८ किलो छ ।

अमेरिकाको माछा तथा वन्जयन्तु सेवा कार्यालयका अनुसार उक्त पोथी माछा समातेर नापजाँच तथा तौल गरेसँगै पुनः नदीमा छाडिएको छ ।

आफ्नो फेसबुक पेजमा कार्यालयले उक्त माछाको बारेमा दिएको जानकारी अनुसार उक्त माछाको लम्बाई २.१ मिटर छ । कार्यालयले सो माछालाई रियल लाइफ रिभर मोन्स्टरको उपमा दिएको छ । उक्त माछा स्टुर्जिएन प्रजातिको हो ।

सामान्यतया यो प्रजातिको माछामा भालेको आयु ५५ वर्षको हुन्छ भने पोथीको आयु ७० देखि १ सय वर्षसम्मको हुन्छ ।

डेट्रोइट नदीमा चलिरहेको वार्षिक माछा अध्ययनका क्रममा गत अप्रिल २२ मा नदीको दक्षिणी भागस्थित ग्रोस्से इल क्षेत्रमा सो माछा फेला परेको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:०३ प्रकाशित
  • Nabintech