७ बैशाख २०८१, शुक्रबार
बेलनपुर झडपका आरोपी पक्राउ, यस्तो थियो घटना
  • काँचुली खबर

कोहलपुर प्रहरीले हत्या अभियोगका फरार आरोपी पक्राउ गर्न सफल भएको छ । गत चैत्र २७ गते कोहलपुर नगरपालिका ४ बेलनपुरमा आफ्नै घरमा बसीरहेका युवालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरी फरार भएका ४ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

मस्जिदको जग्गा बिवादलाई लिएर स्थानिय युवाहरुले स्थानिय नेता तथा वाईसिएल नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुरज जागा, उनका भाई रियाजुद्धिन जागा, फकरुद्धिन जागा, जयलुन जागा र आरिफ जागामाथी साङ्घातिक आक्रमण गरेका थिए । आक्रमणमा परी गम्भीर घाईते भएका रियाजुद्दिन जागाको उपचारकै क्रममा बिहिबार बिहान मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न भएकामध्ये ४ जनालाई पक्राउ गरेको हो ।

‘घटनालगत्तै घटनामा संलग्न ब्यक्तिहरुको खोजी तिब्र पारेका थियौं’, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी रविन्द्र खनालले भने, ‘मृतक पक्षले दिएको उजुरीका आधारमा आज ४ जनालाई पक्राउ गर्न सफल भएका छौं, अन्यको खोजी भईरहेको छ ।’

घाईतेको मृत्यु भएसँगै प्रहरीले कर्तब्य ज्यान मुद्धा अन्तर्गत उक्त घटनाको अनुसन्धान सुरु गरेको डिएस्पी खनालले बताए । ‘सुरुमा दुबै पक्षले एक अर्का बिरुद्ध उजुरी दिनुभएको थियो, अब मृतकका पक्षबाट आउने उजुरीलाई आधार मानेर अनुसन्धान प्रक्रिया अगाडी बढाउँछौं ।’ खनालले भने ।

स्रोतका अनुसार घटनामा संलग्न ब्यक्तिलाई प्रहरीले नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको घरबाट पक्राउ गरेको हो । यद्यपी डिएस्पी खनालले भने उनिहरुलाई अनेत्रैबाट पक्राउ गरीएको जिकिर गरे ।

यस्तो थियो घटना

बेलनपुरमा स्थानिय मस्जिदको जग्गालाई लिएर सुनिनरी जामा मस्जिद र नुरी जामा मस्जिदका समर्थक बिच विवाद हुँदै आएको थियो । स्थानिय स्तरमा दुई समुहबिच देखिएको समस्या समाधानकालागि जिल्ला प्रशासन कार्यालय बाँकेले दुबै समुहलाई छुट्टा-छुट्टै स्थानमा मस्जिद निर्माण गर्न दिएको अनुमती अनुसार सुनिनरी जामा मस्जिद समर्थकले मस्जिद निर्माण सुरु गरेका थिए । तर नुरी जामा मस्जिद समर्थकले निर्माणाधिन मस्जिदको पर्खाल भत्कादिईएपछि चैत्र २७ गते दुई समुहबिच झडप भएको थियो ।

झडपपछि आफ्नो घरमा फर्किरहेका वाईसिएल नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुरज जागालाई स्थानिय एक समुहले घर नजिकै निर्घात कुटपिट गरेको थियो । दाईमाथी कुटपिट भएको खबर पाएर घटनास्थल पुगेका जागाका भाई र आफन्तलाई समेत उक्त समुहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाईते भएका रियाजुद्दिन जागालाई उपचारकालागि लखनउ लगिएको थियो । लखउनबाट डिस्चार्ज भई घर फर्किएको केही समयमै पुन: स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएको जागाको उपचारकै क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार ०९:१० प्रकाशित
  • Nabintech