बाँकेमा कोरोना : थप ७०० मा संक्रमण पुष्टि
  • काँचुली खबर

बाँकेमा बिहिबार ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा ल्यावमा ९२७ जनाको पिसिआर परिक्षण गर्ने क्रममा ७०० जनालाई कोरोना संक्रमण देखिएको हो । जसमध्ये ५०० बाँकेका र २०० अन्य जिल्लाका रहेका छन ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालको ल्यावमा जिल्लाभित्रका ३३३ र जिल्ला बाहिरका ९४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा जिल्लाभित्रका ६९ र जिल्ला बाहिरका १७ जना र वागेश्वरी पोलिक्निकको ल्यावमा जिल्लाभित्रका ९८ र जिल्ला बाहिरका ८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

  • २३ बैशाख २०७८, बिहीबार १६:१७ प्रकाशित
  • Nabintech