४ बैशाख २०८१, मंगलवार
वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
  • काँचुली खबर

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनको भनाई छ ।

एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि त्यतिकै सुनिने गरिन्छ ।

विसं। १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट उनको जन्म भएको थियो । उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

  • २३ बैशाख २०७८, बिहीबार १४:५६ प्रकाशित
  • Nabintech