२१ दिनमा बाँकेका ६१४२ जनामा कोरोना संक्रमण, २३११ जना निको
  • काँचुली खबर

कोभिड १९ को दोश्रो लहर शुरु भएयता बैशाख १ गतेदेखि २१ गतेसम्म २१ दिनको अबधिमा बाँकेका ६ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
डिसिसीएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बैशाख १ गतेदेखि २१ गतेसम्म बाँकेका २७७९ महिला र ३३६३ जना पुरुष गरी कुल ६१४२ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये, १०३८ महिला र १२७३ पुरुष गरी कुल २३११ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन ।
त्यसैगरी, १७८८ जना महिला र २१५७ पुरुष गरी कुल ३९४५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । तीमध्ये, अधिकांस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन ।
बैशाख १ गतेदेखि २१ गते भित्र बाँकेमा ४६ महिला र ६९ पुरुष गरी ११५ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले काँचुली खबरलाई जानकारी दिए । बाँकेका ३८ महिला र ४५ पुरुष गरी ८३ जनाको मृत्यु भएको छ भने ३२ जना बाहिरी जिल्लाका हुन ।

  • २२ बैशाख २०७८, बुधबार १५:४१ प्रकाशित
  • Nabintech