रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा स्थित कोभिड आईसोलेसल अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । क्लवले बुधबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका स्वास्थ्य महाशाखा उपसंयोजक तथा कोरोना फोकल पर्सन केशवराज भट्टराईलाई अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।
तिलोत्तमा क्षेत्रका नागरीक तथा तिलोत्तमा आईसोलेसन अस्पतालमा उपचाररत संक्रमित सबैले पनि अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भनेर अक्सिजन सिलिण्डर प्रदान गरिएको क्लवका अध्यक्ष गैतम भुसालले जानकारी दिए । उनले अन्य संघ संथाहरुलाई कोभिड उपचारकालागि अत्यावस्यक देखिएको अक्सिजन सिलिण्डर उपलब्ध गराई सामाजिक उत्तरदायित्व बहन गर्न आह्वान गरेका छन ।
कोरोनाको दोस्रो लहरसंगै धेरै विरामीहरुमा अक्सिजनको कमि देखिन थालेको र समयमा अक्सिजन नपाउदा ज्यान गुमाउनु परिरहेको अवस्थामा क्लबले १ लाख ४० हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको क्लबका पुर्व अध्यक्ष राजकुमार पाण्डेले बताए ।
९ वर्ष अघि तिलोत्तमामा स्थापना भएको रोटरी क्लव अफ रुपन्देहीले हालसालै सेमराबजार स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मातृशिशु अस्पतालका रुपमा संचालन गर्न एक करोड १८ लाख बराबरको स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको थियो ।
२२ बैशाख २०७८, बुधबार १३:१४ प्रकाशित