फाइल फोटो
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की ५० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार बिहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
मृतक महिलाको बैशाख २० गते कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको र तत्पश्चात उनलाई अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार थालिएको फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाहिरी जिल्लाबाट कोरोनाको उपचार गर्न बाँकेमा आई ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।
२२ बैशाख २०७८, बुधबार १२:४८ प्रकाशित