कोभिड अस्पताललाई १८ थान अक्सिजन सिलिण्डर सहयोग
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिकाले संचालमा ल्याएको कोभिड अस्थाई अस्पताललाई १८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । कोरोना संक्रमितको उपचारकालागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

संघका अध्यक्ष लक्ष्मणराज पौडेलले मंगलबार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत र उपप्रमुख सञ्जुकुमारी चौधरीलाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेका हुन । संघले दुई दिनअघि ८ थान र मंगलबार १० थान गरी १८ थान अक्सिजन सहयोग गरेको संघका वरिष्ठ उपाध्यक्ष चण्डिप्रसाद गैरेले जानकारी दिए ।

संघले कोरोना महामारीको जोखिममा रहेका प्रहरीलाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिन्द्र खनाललाई संघले १ थान थर्मलगन, ६ थान पिपिई, १५ थान फेसशिल्ड, १५ लिटर सेनिटाइजर, मास्क, ग्लोब्स उपलब्ध गराएको गैरेले बताए ।

  • २२ बैशाख २०७८, बुधबार १२:०७ प्रकाशित
  • Nabintech