संघीय सांसदहरुको पीसीआर परीक्षण गरिंदै
  • काँचुली खबर

संघीय संसदका सांसदहरुको आज कोरोना परीक्षण (पीसीआर) गरिंदैछ ।
विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको हो ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गरिंदैछ ।
त्यसैगरी भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने छ ।
ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद सचिवालयले जनाएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १०:१६ प्रकाशित
  • Nabintech