माओवादीद्धारा लुम्बिनी सरकारलाई अवैधानिक घोषणा
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा हालै गठन गरिएको नयाँ सरकारलाई असंवैधानिक घोषणा गरेको छ । माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले लुम्बिनीको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनीको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको बताए । ‘लुम्बिनी प्रदेशमा जुन ढंगले अवैधानिक तरिकाले नयाँ प्रदेश सरकार बनाएको घोषणा गरिएको छ । त्यो अवैधानिक छ,’ श्रेष्ठले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघनको पराकाष्टा हो ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विपक्षीले आफूसँग बहुमत रहेको हस्ताक्षरसहित दाबी गरिरहेको अवस्थामा आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई मुख्यमन्त्री घोषणा गरेका थिए । साथै, मुख्यमन्त्री कार्यालयमै पुगेर शपथ खुवाएका थिए । त्यस कदमको माओवादी केन्द्रले विरोध जनाएको हो ।

  • २१ बैशाख २०७८, मंगलवार १८:५१ प्रकाशित
  • Nabintech