कंगना रनौतको ट्वीटर अकाउन्ट ‘सस्पेन्ड’
  • काँचुली खबर

भारतीय अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि नै प्रयोगकर्ताले कंगनालाई तथानाम भनेका थिए । अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड भएको छ ।

बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन् । उनले तृणमूल कांग्रेस पार्टी (टीएमसी) विरुद्ध बयान दिँदै ममता बनर्जीमाथि टिप्पणी गरेकी थिइन् । कंगनाले एक भिडियो पनि सेयर गरेकी थिइन् जस अनुसार टीएमसी चुनावपछि बिजेपी पार्टीका महिलामाथि कुटपिट गरियो । कंगनाको यी ट्वीटपछि प्रयोगकर्ताले उनलाई भन्न सम्म भनेका थिए ।

  • २१ बैशाख २०७८, मंगलवार १४:२९ प्रकाशित
  • Nabintech