१५ चैत्र २०८०, बिहीबार
५ सय ५० पत्रकार कोरोना संक्रमित
  • काँचुली खबर

कोभिड-१९ को सङ्क्रमण शुरु भएदेखि हालसम्म नेपालमा ५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज (सोमबार) विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिएका छन । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचाररत रहेका छन । तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग समेत गरेका छन । विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ ।

‘यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।’

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।

  • २० बैशाख २०७८, सोमबार २१:१७ प्रकाशित
  • Nabintech