४ बैशाख २०८१, मंगलवार
टी ट्वान्टी वरियतामा एक स्थान माथि उक्लियो नेपाल
  • काँचुली खबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।

नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङ्गल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसै गरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एक दिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

  • २० बैशाख २०७८, सोमबार १४:५९ प्रकाशित
  • Nabintech