बाँकेको नेपालगन्जमा निषेधाज्ञा अवज्ञा गर्ने ३१५ जनालाई कारबाही गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले निषेधाज्ञा अवज्ञा गरी सडकमा हिड्ने ब्यक्ति तथा सवारीसाधानलाई कारबाहीको दायारामा ल्याएको हो ।
देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएपछि यसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले १४ बैशाखदेखी आज २० गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।
सो अवधिमा निषेधाज्ञा अवेज्ञा गर्ने १९५ पुरुष र १२० महिला सहित ३१५ जनालाई केही समय होल्ड गरी आवश्यक कारबाही गरीएको प्रहरीले जनाएको छ । त्यसैगरी सो अवधिमा १०३ वटा मोटरसाईकल र १ हजार १९८ वटा चार पाङ्ग्रे सवारी साधनहरुलाई समेत केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार निषेधाज्ञा अवधिभर नियन्त्रणमा लिईएका सवारी साधनमध्ये ३३ वटा सवारी साधनलाई कारवाही गरी रु. १३,८०० राजश्व समेत संकलन भएको छ ।
बाँकेमा लागु गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिदैछ । अहिलेसम्म निषेधाज्ञा बढाउने बारे केही निर्णय भईसकेको छैन ।
२० बैशाख २०७८, सोमबार ११:२६ प्रकाशित